इडीभी लोटरीमा नाम निस्किएपछि अमेरिका उड्ने तयारी रहेका तीनजनाले प्रहरीको हिरासतमा बस्नु परेको छ।
इडिभी लोटरी-२०२१ अन्तर्गत नाम निस्किएर भिसा मगाउन नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्दा तीनजनाले प्रहरी हिरासतमा पुग्नुपरेको हो।
अमेरिकी दूतावासमा भिसा प्रक्रियाका लागि कक्षा १२ उत्तीर्ण भएको नक्कली शैक्षिक योग्यतासहितको विवरण पेश गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको सूचना दूतावासले दिएपछि चितवनको खैरेनीका नवीन दराई, चितवनको भरतपुरका जीवन कार्की र रौतहटको चन्द्रपुरका शिव रोक्कालाई अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार पक्राउ गरेको हो।
प्रहरीको अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये नवी दराईसँग जीवनन कार्कीले एक लाख ७० हजार लिएर १२ कक्षा पासको नक्कली शैक्षिक प्रमाण पत्र बनाइदिएको खुलेको छ।
प्रहरीले नक्कली शैक्षिक प्रमाण पत्र बनाउने कार्कीलाई पनि कंलकीबाट पक्राउ गरेको छ। उनीहरुलाई लिखतसम्बन्धी कसुरमा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया