दसैँ/तिहार मनाउन भारतबाट घर फर्किनेको पश्चिमी नाका गड्डाचौकीमा भीड लागेको छ।
रोजगारीको लागि भारत गएका नेपाली नागरिक चाडबाडको खर्च जोहो गरेर घर फर्किरहेका हुन्।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार केही दिनयता गड्डाचौकी नाकाबाट स्वदेश भित्रिनेको संख्या ह्वात्तै बढेको छ।
दैनिक १५ सय भन्दा बढी नागरिक नाका प्रवेश गरिरहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई जीवन गुरुङले बताए।
भारतबाट आउने नेपाली नागरिकको नाकामा स्वास्थ्य कार्यालयले एन्टिजेन परीक्षण गर्ने गरेको छ।
यस्तै, १८ वर्षमाथिका पहिलो डोज नलगाएका मानिसलाई नाकामै कोरोना विरुद्धको खोप लगाउने व्यवस्था पनि स्वास्थ्य कार्यालयले मिलाएका छ।
हेर्नुहाेस् भिडिओ :
42
Shares
प्रतिक्रिया