ad ad

समाज


गाडीले किचेर ८  किसानको हत्या प्रकरण : भारतका गृहराज्यमन्त्रीका छोरा पक्राउ

गाडीले किचेर ८  किसानको हत्या प्रकरण : भारतका गृहराज्यमन्त्रीका छोरा पक्राउ

नेपालखबर
असोज २४, २०७८ आइतबार ११:४, काठमाडौँ

भारतको केन्द्रीय सरकारका गृहराज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रा किसान हत्या रोपमा पक्राउ परेका छन्। 

उत्तर प्रदेशको लखिमपुर खिरीका ८ जना किसानलाई गाडीले किचेर हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ।

१७ असोजमा भारतको उत्तर प्रदेशअन्तर्गत लखिमपुरमा विरोध प्रदर्शन गरिरहेका किसानमाथि आशिषले गाडी कुदाएका थिए। सो प्रदेशका उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको विरोध गरिरहेका किसानमाथि उनले गाडि कुदाउँदा ८ जनाको मृत्यु भएको थियो।

आशिषमाथिको आरोपका सम्बन्धमा शनिबार प्रहरीले उनीसँग १२ घण्टा बयान लिएको थियो। डिआईजी उपेन्द्र अग्रवालले घटनाबारे सोधपुछ गर्ने क्रममा आशिषले सहयोग नगरेको जनाएका छन्। आफूले सोधेको प्रश्नको उत्तर दिनबाट पन्छिन खोजेकोले उनलाई न्यायिक हिरासतमा पठाइएको डिआइजी अग्रबालले बताए।

किसानको हत्यापछि भड्किएको हिंसामा परी दुई जना भाजपाका कार्यकर्ता, एकजना आशिष मिश्राको गाडी चालक र एक जना स्थानीय पत्रकार पनि मारिएका थिए। किसानले आशिष चढ्ने गाडी पनि जलाइदिएका थिए।

गृहराज्यमन्त्री मिश्रले भने घटनामा आफ्नो छोराको संलग्नता अस्वीकार गर्दै आएका छन्। किसानको जघन्य हत्या गर्ने गृहराज्यमन्त्रीका छोरालाई पक्राउ नगरिएको भन्दै भारत सरकारको व्यापक आलोचना हुँदै आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .