महोत्तरीमा बोक्सी आरोपमा शिलादेवी झाको हत्या भएको सार्वजनिक भएकै दिन अर्की महिलालाई मलमुत्र खुवाएको खुलेको छ।
एकैदिन सार्वजनिक भएका दुई जघन्य घटनामा एक महिलाको हत्या भएको र अर्की महिलालाई मलमुत्र खुवाई कपाल काटेर अपमानजनक ब्यबहार भएको प्रहरीले जनाएको छ।
श्रीमती रिंकु झालाई टुनामुना लगाएको निहुँमा संजयले असोज २८ गते बिहान ३ बजे घरमै सुतिरहेको बेला आफ्नै भाउजू शिलादेवीको हथौड़ाले हानेर हत्या गरेको प्रहरीले जनाएकाे छ।साेही आराेपमा प्रहरीले अभियुक्त संजयलाई सार्वजनिक गरेको छ।
शिलादेवी मृत्यु प्रकरण : बोक्सीको निहुँमा देवरले नै हत्या गरेको खुलासा
त्यसभन्दा एकदिन अघि बुधबार बिहान ३ बजेकै समयमा महोत्तरीकै जलेश्वर नगरपालिका ४ सुगा गाउँकी ४२ की सुकमरिया देवीलाई बोक्सी आरोपमै मलमुत्र खुवाई कपाल काटेको घटना पनि सार्वजनिक भएको छ। बिहान ३ बजे सडकमै घुमफिर गरिरहेकी अवस्थामा स्थानीय सिकिन्दर महत्तो समेतले बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बितिकै सिकिन्दर महत्तोकी छोरी १३ वर्षीया काजल कुमारी रुन थालिन्। सोही बेला सिकिन्दरसमेतले सुकमरिया देवीलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए।
सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले सिकिन्दर, उनकी श्रीमती वर्ष ३२ की पुरनी देवी महत्तो, स्थानीय ६५ वर्षीया प्रमिला देवी महत्तो, २० वर्षीय अनिल महतोलाई पक्राउ गरेको छ।
तीनैजनालाई प्रहरीले आइतबार सार्वजनकि गरको छ।
प्रहरीले घटनास्थलबाट पीडितलाई बाँध्न प्रयोग भएको नाईलनको डोरी, पीडितको काटिएको अबस्थाको कपालका टुक्राहरू, मलमुत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास र बियरको बोतल समेत नियन्त्रणमा लिएको छ।
Shares
प्रतिक्रिया