महाकाली नदीको बाढीमा फसेका भीमदत्त नगरपालिका–९ मसेट्टीका ५ जनाको सकुसल उद्धार गरिएको छ।
नेपाली सेनाको हेलिकप्टरले बाढीमा फसेकाको मंगलबार बेलुका उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।
अविरल वर्षाले महाकाली नदीमा पानीको बहाव बढेपछि सोमबार नदी किनारमा कुखुरा खोर कुर्न गएका पुष्कर नायक, दीर्घमती खड्का, शान्ती नायक, असोक नायक र अजय नायक बाढीमा फसेका थिए।
उनीहरुको उद्धारको लागि सुरक्षाकर्मीको टोली दिउँसो नै मसेट्टी पुगे पनि महाकालीमा पानीको बहाव बढि भएका कारण उद्धार गर्न सकेको थिएन।
त्यस पछि उद्धारको लागि हेलिकप्टर ल्याइएको थियो। हेलिकप्टरको कठिन प्रयास पछि करिब २४ घण्टा पछि बाढीमा फसेकाको उद्धार गरिएको हो।
33
Shares
प्रतिक्रिया