ad ad

समाज


बैतडीमा बाढीमा फसेका ५० जनाको उद्धार हुन सकेन, अवतरण गर्न नसकेर हेलिकप्टर फर्कियो

बैतडीमा बाढीमा फसेका ५० जनाको उद्धार हुन सकेन, अवतरण गर्न नसकेर हेलिकप्टर फर्कियो

गोकुल जोशी
कात्तिक २, २०७८ मंगलबार २१:१५, काठमाडौँ

बैतडीमा सेती नदी गाउँ पस्दा बाढीमा फसेका ५० जनाको उद्धार हुन सकेको छैन। सोमबार राती करिब ११ बजेतिर नदी बस्तीमा पस्दा बाढीमा फसेका ५० जना उद्धारको पर्खाइमा रहेका छन्। 

उनीहरुको उद्धारको लागि गएको नेपाली सेनाको हेलिकप्टर अवतरण गर्न नसकेर फर्किएको सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी विक्रम चन्दले बताए।

‘हेलिकप्टर गएको थियो तर उनीहरुको उद्धार हुन सकेको छैन’ उनले भने, ‘हेलिकप्टर अहिले फिर्ता भएको छ।’ 

बाढी बस्ती पसेको सिगास गाउँपालिका–५ को ढुंगाड बस्ती सम्पर्क बाहिर छ। सोमबार रातीदेखि नेपाल टेलिकमको नेटवर्क छैन।

ढुंगाडमा सम्पर्क गर्न सकिने एनसेलले पनि काम नगरेपछि बाढीमा फसेका स्थानीयहरुसँग सम्पर्क हुन नसकेको बैतडी प्रशासनले जनाएको छ। ४-५ घण्टाको दूरीमा रहेको शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली ढुंगाडतर्फ गएको छ। 

सोमबार राति नै ढुंगाडमा दर्जनौं घर डुबानमा परेको खबर आएको थियो। मोबाइल फोनले काम नगर्दा यकिन विवरण भने अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन।

बैतडीमा सेती नदी गाउँ पस्यो, ५० स्थानीय बाढीमा फसे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .