सप्तरीको जिता खोलाको बाढीमा बगेर एक युवक बेपत्ता भएका छन्। अन्य एक युवक जोगिएका छन्।
सप्तरीको हनुमानगर कंकालनी नगरपालिका ९ बस्ने शम्भु मण्डलको छोरा वर्ष २३ का लालु मण्डल जिता खोलामा बगेर बेपत्ता भएका हुन्। स्थानीय सत्रुधन मण्डलको छोरा वर्ष २८ का संजिव कुमार मण्डल भने पौडेर ज्यान जोगान सफल भएका हुन् ।
बुधबार दिउँसो करिब ३ बजेको समयमा हनुमाननगर कंकालिनी नगरपालिका १४ बैरियाघाट स्थित जिता खोलाको भत्केको पुलबाट तिलाठीबाट रामपुरमल्हनिया तर्फ खोला तर्ने क्रममा उनीहरुलाई खोलाले बगाएको थियो।
संजिव खोला तरेर बाहिर निस्किन सफल भएको र लालुलाई खोलाले बगाई बेपत्ता बनाएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।
48
Shares
प्रतिक्रिया