हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई बिहीबार उद्धार गरी सिमकोट ल्याइएको हो ।
हिमपातले वडा नम्बर ६ लिमीको तुम्लिङमा अलपत्र परेर उद्धार गरिएका चार स्लोभानियाली नागरिक रहेका छन्। अन्य तीनजना उनीहरुसँगै गएका नेपाली नागरिक ट्रेकिङगाडइ छन्।
अलपत्र परी उद्धार हुनेमा स्लोभिनियाका बर्निक स्टोजन, ग्रोसोज बिक्टर, कोटिनक ल्भाम, लापन्जा कास्टेलिक दानीजेला छन्।
हिमपातले तीनदेखि लिमीको तुम्लिङमा अलपत्र परेका स्लोभानियाली तीन पुरुष र एक महिलासहित तीन नेपाली ट्रेकिङगाइडलाई एयर डाइनेष्टिक हेलिकोप्टरबाट उद्वार गरी सिमकोट ल्याइएको छ।
सदरमुकाम सिमकोटबाट लिमितर्फ हिँडेको १३ दिन भएको र तीन दिनदेखि लिमीको तुम्लिङमा हिमपातले अलपत्र परेको ट्रेकिङगाइड अशिम तामाङले जानकारी दिए।
लिमीको हल्जीगाउँमा गएर टेलिफोन गरी हेलिकोप्टर बोलाएको उनले बताएका छन्।
यस्तै उनीहरुसँगै तुम्लिङमा फसेका अन्य ६ नेपाली नागरिक बिहीबारबाट मौसम सफा रहेकाले पैदलमार्ग भएर खच्चडबाट सिमकोट पुग्ने भएको तामाङले बताए।
आइतरबार रातिदेखिको अविरल वर्षा र हिमपातले तीन दिनदेखि उनीहरु तुम्लिङमा फसेका थिए ।
Shares
प्रतिक्रिया