काठमाडौंको सिनामंगलस्थित एक होटलबाट सोमबार बिहान पक्राउ परेका अफगानिस्तानका ११ नागरिकलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ।
तालिबानले अफगानिस्तान कब्जा गर्नुअघि उनीहरु हवाई मार्गबाट भारत छिरेका थिए। त्यसपछि उनीहरु एक महिनाबीचमा सुनौली नाकाबाट नेपाल छिरेका थिए।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले सिनामंगलस्थित फेसबुक होटलबाट ती अफगानी नागरिकलाई अध्यागमन विभागको जिम्मा लगाएको छ।
सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उनीहरुलाई पक्राउ गरेपछि थप कारबाहीका लागि अध्यागमन विभागमा बुझाइएको बताएका छन्।
807
Shares
प्रतिक्रिया