तिहार पर्व त्यसै पनि रङ्ग र उज्यालोको पर्व मानिन्छ। तिहारमा गाउँ सहर जताततैको वातावरण रङ्गिन हुने गर्दछ।
काठमाडौं उपत्यकाको घना वस्ती बत्तीको उज्यालोले झिलिमिली बनेको छ। केही वर्षअघिसम्म लोडसेडिङका कारण बत्ती जाने समस्या हुने गरेपनि अहिले भने त्यस्तो छैन। त्यसैले हरेक घर घरमा रंगिन बत्तीसँगै रङ्ग, फूल र मालाले सजाइएको छ।
त्यो सँगै अहिले देउसी भैलो खेल्नेहरुले पनि तिहारको रौनक बढाएका छन्। घर घरमा पुगेर विभिन्न समूह तथा संघ संस्थाहरुले देउसी भैलो खेल्दा यतिबेला काठमाडौंको माहोल उज्यालोसँगै संगीतमय बनेको छ।
342
Shares
प्रतिक्रिया