ad ad

समाज


भूपेन्द्र हत्या प्रकरण : १६ जनाविरुद्ध जाहेरी, ‘योजनाकार’ नवीन रावल अझै फरार

भूपेन्द्र हत्या प्रकरण : १६ जनाविरुद्ध जाहेरी, ‘योजनाकार’ नवीन रावल अझै फरार

हत्या गरिएका युवक (बीचमा), हत्या आरोपमा पक्राउ परेका युवकहरु (दायाँ बायाँ)


गोकुल जोशी
कात्तिक २६, २०७८ शुक्रबार १३:३६, कञ्चनपुर

कैलालीका २२ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ। 

ईलाका प्रहरी कार्यालय टीकापुरमा भूपेन्द्रको हत्या आरोपमा उनको परिवारले १६ जनाविरुद्ध किटानी जाहेरी दिएको हो।  

गत मंगलवार राति लम्कीचुहा नगरपालिका-१ लम्की बजारका भूपेन्द्रको टीकापुर नगरपालिका-१ स्थित सिद्धार्थ होटल नजिकै एक समूहले चक्कुले हानेर लखेटी लखेटी हत्या गरेको थियो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार किटानी जाहेरी परेका १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनाका ‘योजनाकार’ चिसापानी बजारका नवीन रावलसहित ८ जना फरार रहेको प्रहरीले जनाएको छ। 

‘हत्या आरोपी १६ मध्ये ८ जनालाई नियन्त्रणमा लिइएको छ’, जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले भने, ‘बाँकी फरार आरोपीको पनि खोजी भइरहेको जानकारी दिए।’

उनले फरार आरोपीको खोजीका लागि प्रहरी परिचालन गरिएको बताए। ‘खोजी कार्य जारी छ। नियन्त्रणमा रहेकाहरूमाथि अनुसन्धान भइरहेको छ’, उनले भने। 

भूपेन्द्रलाई घरबाट लैजाने लम्कीका उनका साथी २२ वर्षीय कपिल श्रेष्ठसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीका अनुसार कपिलसहित लम्कीचुहा नगरपालिका-३ का २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धीरज शाही, लम्कीचुहा-१ बस्ने १८ वर्षीय निशान मल्ल, टीकापुर नगरपालिका-१ का २२ वर्षीय प्रविन रिमाल, २६ वर्षीय सोहन शाह र २१ वर्षीय रोहित आलेलाई हिरासतमा राखिएको हो। 

आपसी रिसइबीमा होटल संगम चिसापानीका सञ्चालक नवीन रावलको योजनामा भूपेन्द्रको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

फरार रहेका नवीन रावल अपराधिक पृष्ठभूमिका रहेको प्रहरीले जनाएको छ। उनीसहित ८ आरोपी फरार छन्। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका आर्यनले भूपेन्द्रमाथि चक्कु हान्दा अन्य सात जनाले घटनामा सघाएको भेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .