जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा स्थानीय प्रशासनले शनिबारदेखि लगाएको निषेधाज्ञा दुई दिन थप गरेको छ।
छठ घाट निर्माणको विषयमा हिन्दु र मुस्लिम समुदायबीच साम्प्रदायिक विवाद उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो।
सो समयलाई बढाएर स्थानीय प्रशसनले दुई दिन निषेधाज्ञा थप गरेको छ। प्रशासनले मंगलबार राति १० बजेसम्मको लागि निषेधाज्ञा थप गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ (क) बमोजिम कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, घेराउ, र्याली, सभाजस्ता गतिविधि गर्न नपाइने र उल्लंघन गरे कारबाही हुने जनाएको छ।
225
Shares
प्रतिक्रिया