ad ad

समाज


सुदूरपश्चिममा पनि विप्लव बन्दको प्रभाव, स्कर्टिङ गरेर सवारी साधन चलाउँदै प्रहरी

सुदूरपश्चिममा पनि विप्लव बन्दको प्रभाव, स्कर्टिङ गरेर सवारी साधन चलाउँदै प्रहरी

बन्दले सुनसान कञ्चनपुरको महेन्द्रनगर बजार


गोकुल जोशी
कात्तिक ३०, २०७८ मंगलबार ९:२५, काठमाडौँ

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिम प्रदेशमा पनि परेको छ। प्रहरीले भने बन्दको प्रभाव सामान्य देखिएको जनाएको छ।

मंगलबार बिहानदेखि सार्वजनिक सवारीहरू कम चले पनि निजी सवारी तथा अत्यावश्यक सामान तथा खाद्यन्नका गाडीहरु सडकमा निर्बाध गुडिरहेका प्रहरीले जनाएको छ। 

‘लामो दुरीका सवारी साधन चलेका छैनन्। प्रदेश भित्रिने लामो दुरीका साधनलाई चिसापानीमा १५/२० जम्मा गरेर स्कटिङ्गमा पठाइरहेका छौँ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धर्मबहादुर बोहराले भने, ‘मोटरसाइकल भने चलिरहेका छन्।’

उनका अनुसार प्रदेशका मुख्य बजारका चोकमा बन्दकर्ताहरु बसिरहेका छन्।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर सहित सुदूरपश्चिमका बजार आंशिक मात्रामा खुलेका छन्। विप्लव नेतृत्वको बन्दले गर्दा शैक्षिक संस्था पूर्ण रुपमा बन्द भएका छन्।

पेट्रोलियम पदार्थसहितका दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई जनदबाब दिने भन्दै नेकपाले आजका लागि नेपाल बन्द आह्वान गरेको हो।

सुदूरपश्चिममा कुनै अप्रिय घटना हुन नदिन चोक चोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .