सप्तरीमा बसको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ।
ठक्करबाट मोटरसाइकल चालक सिन्धुलीको दूधौली नगरपालिका वडा नं ७ बस्ने ४० वर्षीय कुमार बस्नेतको मृत्यु भएको हो।
बिहीबार दिउँसो १ बजेतिर सप्तरीको सुरुङ्गा नगरपालिका ५ कुशहास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ३१४९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक बस्नेतको उपचारको क्रममा सिरहाको लहान स्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
ठक्कर दिएर फरार बस चालककलाई इलाका प्रहरी कार्यालय कडरवोनाले निमन्त्रणमा लिएको उनले बताए।
घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
Shares
प्रतिक्रिया