ad ad

समाज


बिहान घरबाट निस्किएका युवक दिउँसो जंगलभित्र घाँटी रेटिएको अवस्थामा भेटिए

बिहान घरबाट निस्किएका युवक दिउँसो जंगलभित्र घाँटी रेटिएको अवस्थामा भेटिए

प्रतिकात्मक तस्बिर


गोकुल जोशी
पुस ४, २०७८ आइतबार ७:२५, महेन्द्रनगर

कैलालीको जानकी गाउँपालिका–९ मा घाँटी रेटिएको अवस्थामा  युवकको शव भेटिएको छ। 

स्थानीय २५ वर्षीय अरुण दास हत्या गरिएको अवस्थामा शनिबार दिउँसो जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालय (कैलाली) का डीएसपी वेद जोशीले जानकारी दिए। 

उनका अनुसार स्थानीय अमरावती सामुदायिक वनमा दासको शव भेटिएको हो।

‘जंगलमा युवकको शव भेटिएको छ, घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिन्छ’, डीएसपी जोशीले भने, ‘घटनास्थलमा कुकुरसहित प्रहरी परिचालन गरिएको छ।’

घटनास्थल सुरक्षित गरेर अनुसन्धान थालिएको उनले बताए। अनुुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय (कैलाली), सुदूरपश्चिम प्रदेश अनुुुसन्धान समूह (आरआईटी) को टोली तालिम प्राप्त कुुकरसहित परिचालन गरिएको छ। 

शनिबार बिहान घरबाट निस्किएका अरुणलाई अपराह्न ४ बजे जंगलमा मृत भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अरुणका आमाबुवा भारतमा बस्ने गरेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .