सरकारी आवासमा मृत फेला परेका संघीय प्रहरी इकाइ भैरहवाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरिक्षक सुशिल यादवको शव अझै निकालिएको छैन।
आवासमा झुण्डिएको अवस्थामा दिउँसो उनको शव फेला परेको थियो। यादवको घर नवलपरासीको पश्चिमको रामग्राम ५ हो। परासीबाट उनका बुबा र भाइ भैरहवा आइसकेका छन्।
काठमाडौंबाट श्रीमती आएपछि मात्र शवको कानूनी प्रक्रिया सुरु गर्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरत्न पौडेलले बताए।
‘बुबा र भाइ आइसक्नुभएको छ। मेडम (श्रीमती) आउँदै हुनुहुन्छ’ उनले भने, ‘कानूनी प्रक्रिया उहाँ आएपछि सुरु हुन्छ। अझै घटनास्थलमा प्रवेश गरेका छैनौँ बाहिर छौँ।’
246
Shares
प्रतिक्रिया