सशस्त्र प्रहरीले धनुषाबाट स्रोत नखुलेको ३८ लाख ३५ हजार नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. १ सिनुरजोडा बस्ने वर्ष २३ का अमित कुमार यादव रहेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी गणेश ठाडाले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार बिहीबार दिउँसो १२ः५० बजेको समयमा भारतबाट नेपाल भित्रिरहेको अवस्थामा यादवलाई धनुषाको नगराइन नगरपालिका २ बाट विशेष सुराकीको आधारमा पक्राउ गरिएको हो।
भारतबाट प्रदेश २–०२–००१ प ०४८०८ नम्बरको अपाचे मोटरसाइकलमा आउँदै गर्दा शंका लागि प्रहरीले चेकजाँच गरेको थियो। मोटरसाइकलको ट्यांकीभित्र लुकाएर ल्याउँदै गरेको स्रोत नखुलेको ३८ लाख ३५ हजार नगदसहित उनी पक्राउ परेका हुन्।
यादवमाथि आवश्यक अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
30
Shares
प्रतिक्रिया