काठमाडौं उपत्यकामा विस्तारै चिसो कम हुँदै गएको छ। केही साताअघि हिमपात र बर्षा भएपछि चिसो भएको उपत्यकामा घाम लाग्न थालेसँगै विस्तारै तातो बढ्न थालेको हो।
शनिबार साँझ केही बेर पानी छिट्याएको थियो। तर वर्षात् हुन सकेन।
यससँगै आइतवार बिहानदेखि काठमाडौं उपत्यकामा घाम लागेको छ। घाम लागेसँगै उपत्यकाको आकाश केहीबेर खुलेको थियो।
आकाश खुलेपछि उपत्यकाबाट नजिकका हिमश्रृंखलाहरु देखिएका थिए। आइतवार बिहान ललितपुरको सुनाकोठीबाट देखिएको उपत्यकाको दृश्य र हिमश्रृंखलाहरु।
60
Shares
प्रतिक्रिया