नेपालमा कोभिड-१९ को तेस्रो लहर फैलिन थालिसकेको छ। बुधबार मात्रै ३ हजार बढी नयाँ कोरोना संक्रमित भेटिएका छन्।
यस्तोमा सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिन सकेको छैन।
सबैलाई खोप दिन नसकिरहेको अवस्थामा सार्वजनिक स्थानमा प्रवेशका लागि गृहमन्त्रालयले खोप कार्ड अनिवार्य गरेसँगै कोभिडविरुद्धको खोप लिनेहरुको लाइन बढेको छ।
कोभिडको पहिलो लहरदेखि नै कोरोनाको उपचारमा अब्बल मानिँदै आएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना खोप लिनेको लामो लाइन लाग्न थालेको छ।
कोभिडविरुद्धको पहिलो र दोस्रो डोज लिनेहरुको लाइन अस्पताल परिसरदेखि बाहिर सडकसम्म पुगेको छ।
यस्तोमा खोप दिने अस्पतालहरू नै कोभिड फैलिने केन्द्र बन्ने जोखिम पनि बढेको छ। यसैबीच सरकारले बिहीबारदेखि काठमाडौंका ६ वटा निजी अस्पतालबाट पनि खोप लिन सकिने व्यवस्था गरेको छ।
99
Shares
प्रतिक्रिया