बैतडीको सुर्नया गाउँपालिका– ६ का ३२ वर्षीय डम्मर अवस्थीको हत्या घटनामा प्रहरीले थप एक जनालाई पक्राउ परेको छ।
घटनाको अनुसन्धानका लागि सुर्नया गाउँपालिका–६ का नवराज अवस्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बोधराज ओझाले बताए।
‘घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘शंकास्पद मानिसमाथि सोधपुछ गर्ने काम पनि भइरहेको छ, उहाँ (नवराज) लाई पनि सोधपुछका लागि ल्याएका छौँ।’
१४ मंसिरमा बेपत्ता भएका डम्मर अवस्थीको डेढ महिनापछि गाउँकै खर्काधार जंगलको गुफामा लुकाइएको अवस्थामा शव भेटिएको थियो।
घटनाका मुख्य अभियुक्त सुर्नया गाउँपालिका–६ कै २३ वर्षीय हरिश अवस्थीलाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो। उनले प्रहरी समक्ष दिएको सूचनालाई पछ्याउँदा प्रहरीले डेढ महिनापछि बेपत्ता डम्बरको शव जंगलमा फेला पारेको थियो।
Shares
प्रतिक्रिया