ad ad

समाज


बैतडीमा विद्यार्थी सवार टिप्पर दुर्घटना, ३ जनाको मृत्यु, ५ जना घाइते

बैतडीमा विद्यार्थी सवार टिप्पर दुर्घटना, ३ जनाको मृत्यु, ५ जना घाइते

दुर्घटनास्थलमा विद्यार्थीको शव र उद्धार टोली। तस्बिर : नेपालखबर


गोकुल जोशी
फागुन ९, २०७८ सोमबार १७:५०, कञ्चनपुर

बैतडीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका–३ झालिमालीमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

टिप्पर दुर्घटनामा परेर अन्य ५ जना घाइते भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। उनका अनुसार पाटन नगरपालिका–३ का ४५ वर्षीय जनकराज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको घटनास्थलमै मृत्यु भएको हो।

स्थानीय गरुडा भन्ने ठाउँबाट पाटनतर्फ गइरहेको बा ३ ख ४८७९ नम्बरको टिप्पर सोमबार पाटन नगरपालिका–३ झालिमालीमा दुर्घटनामा परेको थियो। टिप्पर सडकबाट दुई सय मिटर तल खसेको छ।

दुर्घटनामा घाइते ५ जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। पाटन नगरपालिका–३ का १२ वर्षीय राजेश प्रसाद पन्त, १२ वर्षीय सुनिल भट्ट, १२ अनिल बिष्ट र १३ वर्षीय सुदिप पन्त दुर्घटनामा परेर घाइते भएका छन्।

चालक सहित टिपरमा ९ जना सवार रहेका थिए। केही स्थानीय र सिगास माध्यमिक विद्यालयका विद्यार्थीहरु उक्त टिपरमा घर फर्किरहेका थिए। टिप्पर चालक फरार रहेका छन्। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .