ad ad

समाज


महाकालीमा एकलौटी अभ्यास गर्दै भारतीय सेना, पौडेर पुगे नेपाली भूमि

महाकालीमा एकलौटी अभ्यास गर्दै भारतीय सेना, पौडेर पुगे नेपाली भूमि

गोकुल जोशी
फागुन ११, २०७८ बुधबार २०:१३, काठमाडौँ

दार्चुलामा अनुमतिबिना भारतीय सेना नेपाली भूमिमा प्रवेश गरेको छ।

नेपाल भारत सीमा नदी महाकालीमा पौडी खेलेर भारतीय सेनाका जवान बुधबार नेपाली भूमिमा प्रवेश गरेका हुन्।

जिल्ला प्रशासन कार्यालयसँग कुनै समन्वय नै नगरी महाकाली नदीमा विपद्को अभ्यास गर्दा गर्दै नेपाल पुगेका भारतीय प्यारामिलिट्री फोर्स अन्तर्गतको गोर्खा रेजिमेन्ट सेनाका जवानलाई प्रहरीले फिर्ता पठाएको छ।

महाकाली सीमा नदी भएकोले जुनसुकै क्रियाकलाप गर्दा पनि नेपालको अनुमति लिनुपर्ने भए पनि भारतीय पक्षले कुनै समन्वय नै नगरी विपद् तयारीको पूर्वअभ्यास गरेको हो। 

अभ्यासका क्रममा एक जना भारतीय सेना महाकाली नदी पौडेर नेपाली भूमिमा पुगेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए।

‘महाकाली पारी नजिकै गोर्खा सेना छन्। उनीहरुले महाकाली नदीमा विपद् अभ्यास गरिरहेका थिए। त्यसै क्रममा जानकारी नभएर एक जना सैनिक पौडेर वारी पुगेछन्,’ उनले नेपालखबरसँग भने, ‘हामीले सम्झाएर फिर्ता पठाएका थियौँ।’

महाकाली नदीमा भारतीय सेनाले विपद् अभ्यास गरिरहेको बारे भारतीय पक्षले यसअघि प्रशासनसँग कुनै समन्वय नगरेको उनको भनाई छ। 

बुधबार महाकाली नगरपालिका–४ खलंगा पारीबाट डोरी बाँध्न भारतीय सैनिक पौडी खेलेर वारी आएका थिए। महाकाली नदीमा भारत र नेपाल जोड्न रसी बाँधिरहेका भारतीय सेनालाई प्रहरीले रोकेर फिर्ता पठाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .