पाल्पामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
बुटवलबाट पाल्पातर्फ लु २ ख ८३५ नम्बरको बसले लु ७७ प २२०२ नम्बरको स्कुटरलाई तानसेन नगरपालिका ८ भालेबासमा ठक्कर दिएको थियो।
दुर्घटनामा परि पाल्पामा माथागढी गाउँपालिका २ खहरेका २७ वर्षीय ऋषिकेश सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
ठक्करबाट घाइते स्कुटर चालक सारुको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता लक्षमण पचभैयाले जानकारी दिए।
69
Shares
प्रतिक्रिया