ad ad

समाज


सिरहामा लेनदेनको विवादमा भारतीय झाँक्रीको हत्या, पाँच जना पक्राउ

सिरहामा लेनदेनको विवादमा भारतीय झाँक्रीको हत्या, पाँच जना पक्राउ

शैलेन्द्र महतो
मंसिर ३, २०७६ मंगलबार ७:५८,

लेनदेनको विवादमा भारतीय झाक्रीको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। गएको कातिक २० गते साँझ भारतको विहार राज्य, जिल्ला मधुवनी थाना ललमनिया ग्राम, वेल्हा पञ्चायत ६ बस्ने ४० वर्षका झाक्री राजकुमार यादवको हत्या गरेको अभियोगमा सिरहा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका १० धनगढी टोल वस्ने बर्ष ३८ का फुलगेन साह, वडा नं. ११ बस्ने बर्ष १९ का रामकुमार साह, मिर्चैया नगरपालिका वडा नं. ४ बस्ने बर्ष २० का जितेन साह, जिल्ला धनुषा कमला ननगरपालिका वडा नं. ६ सखुवामडान बस्ने बर्ष २५ का अजय कुमार महतो र बर्ष २१ का राजलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनीहरुलाई सिरहा प्रहरीले सोमबार सार्वजनिक गरेको हो।

यसरी भयो भारतीय झाक्रीको हत्या
गएको कातिक २० गते सिरहाको सिरहा नगरपालिका १२ सारस्वर स्थित कमला नदीको किनारमा भारतको विहार राज्य मधुवनीका ४० वर्षका झाक्री राजकुमार यादवको हत्या भएको थियो । उनको शव हत्या भएको भोलि पल्ट कमला नदी किनारमा धारिलो हतियार प्रहार गरेर विभत्स हत्या भएको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानपछि मृतक राजकुमारको पहिचान खुल्नुको साथै उनको हत्यामा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको सिरहा प्रहरीले जनाएको छ । मृतक भारतीय झाक्री राजकुमार झारफुक गर्नको लागि नेपाल आउँदै जाँदै गर्दा पक्राउ परेका धनगढीगढीमाई नगरपालिका १० बस्ने फुलगेनसंग चिनजान भइ साथीभाइ जस्तै सम्बन्ध बनेको थियो । पछि फुलगेनले रकम सापटी दिएर झाक्री राजकुमारको छोरीको विवाहसमेत गराएका थिए ।

फुलगेनकै माध्यमबाट हत्या आरोपमा पक्राउ परेका सबैसंग झाक्री राजकुमारको चिनाजान भएको थियो । चिनजान भएका उनीहरुसंग भुत भगाउने भन्दै झारफुकको बहानामा झाक्री राजकुमारले पैसा लिएका थिए । बिरामी निको नहुँदा पैसा फिर्ता माग्दा र फुलगेनले उनको छोरीको विहेमा दिएको सापटी रकम माग्दा झाक्रीसंग विवाद भएको थियो ।

त्यसपछि उनीहरु झाक्री राजकुमारको हत्या गर्ने योजना बनाए । गएको कातिक २० गते साँझ सवा ६ बजेको समयमा राजकुमारलाई फुलगेन सहित ५ जना मिलेर घाँटी रेट्नुको साथै शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सिरहा प्रहरीले जनाएको छ ।

सिरहा प्रहरीका अनुसार घटनामा प्रयोग गरेको खुकुरी, कपडा लगायतको समान बरामद भएको र सोहि अनुसारको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .