डडेल्धुरामा जंगली जनावर मार्न भनेर आफैंले पासो थापेको भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बन्दुकको गोली लागेर जिल्लाको गन्यापधुरा गाउँपालिका–४ का ३५ वर्षीय दलबहादुर पानको मृत्यु भएको हो।
मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्न पासाे थापेको बन्दुक अचानक पड्केर गाेली लाग्दा गम्भीर घाइते भएका पानको पचारका क्रममा मृत्यु भएको हाे।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी देवेन्द्रबहादुर पालले भने, ‘जंगली जनावर मार्न थापेको बन्दुक पड्किँदा घाइते भएका थिए। उपचारको लागि डडेल्धुरा अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको छ।’
पानको शव डडेल्धुरा अस्पतालमा राखिएको छ।
घटना अनुसन्धानका लागि प्रहरीले स्थानीय चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। तर पक्राउ परेका स्थानीयको पहिचान खुलाइएको छैन।
Shares
प्रतिक्रिया