ad ad

समाज


‘नेपाल भ्रमण वर्षको स्टिकर सवारी साधनमा अनिवार्य टाँसौं’

‘नेपाल भ्रमण वर्षको स्टिकर सवारी साधनमा अनिवार्य टाँसौं’

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:२७,

ट्राफिक प्रहरीले नेपाल भ्रमण वर्षलाई सफल बनाउन आ–आफ्ना सवारी साधनमा भ्रमण वर्षको स्टिकर टाँस्न आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को स्टिकर आ–आफ्नो सवारी साधनमा टाँस्न सबै यातायात व्यवसायीलाई आग्रह गरेको हो।

महाशाखाले मंगलबार सम्बन्धित पक्षसँगको गरेको छलफलमा महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउनका लागि सो स्टिकर सबै सवारी साधनमा अनिवार्य रुपमा टाँस्न अनुरोध गरे। उनले पर्यटकहरु आकर्षित हुने गरी सवारी साधनको सफाई र ममर्तसम्हारमा ध्यान दिन विशेष गरी काठमाडौं उपत्यकाका सञ्चालन हुने भाडाका सवारी साधनलाई पनि सचेत गराए। सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्यसको स्टिकर सबै सवारी साधनमा टाँस गर्ने निर्णय गरेको थियो। सरकारको सोही निर्णय पूर्ण रुपमा पालना गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सबै यातायात व्यवसायीलाई सचेत गराएको हो।

महाशाखाले सवारी साधनको सरसफाई र मर्मत संहारमा ध्यान दिए दुर्घटना न्यूनिकरणमा पनि सघाउने पुग्नेतर्फ पनि यातायात व्यवसायीहरुको ध्यानाकर्षण गराएको छ। कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नेपाल भ्रमण वर्ष २०२० को स्टिकर सबै सवारी साधनमा टाँस गरेर सो भ्रमण वर्षलाई सफल बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गरे। तर त्यसका लागि सरकारले सडकको उचित व्यवस्थापन गनुपर्ने उनको भनाई छ। सडकमा खाल्डाखुल्डी भएकाले सवारी साधनको जति सफाई गरे पनि नहुने अवस्था भएकाले सरकारले सडकको उचित व्यवस्था गर्नुपर्ने महासचिव सिटौलाले बताए।

महासंघले यस अघि पनि पटक पटक सडकको खाल्डाखुल्डी पुरेर सवारी साधानको उचित व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सरकारसँग माग गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .