ad ad

राजनीति


दुबईका व्यवसायीलाई उपप्रधानमन्त्रीको आग्रहः नेपालमा लगानी गर्नुस्, नाफा सुनिश्चित छ

दुबईका व्यवसायीलाई उपप्रधानमन्त्रीको आग्रहः नेपालमा लगानी गर्नुस्, नाफा सुनिश्चित छ

नेपालखबर
मंसिर ३, २०७६ मंगलबार १०:३७,

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दुबईका व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

सोमबार दुबईका व्यवसायीहरुलाई सम्बोधन गर्दै उनले नेपाल सरकार लगानीमैत्री वातावरण बनाउन प्रतिबद्ध रहेको बताए।

नेपालले उदार अर्थनीति अपनाएको भन्दै यहाँ गरिएको लगानीको प्रतिफल सुनिश्चित रहेको विश्वास उनले दिलाए।

नेपालमा जलविद्युत, कृषि, पर्यटन, सेवा, उत्पादनजस्ता क्षेत्रमा लगानी गर्न सकिने भन्दै उनले भारत र चीनगरी पौने तीन अर्ब जनसंख्या भएको बजारको लाभ उठाउन आग्रह गरे।

उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले भिजिट नेपाल २०२० घोषणा गरेको सन्दर्भमा नेपालको अनुपम प्रकृतिको लाभ उठाउन पनि आग्रह गरे।

नेपाल र युनाइडेट अरब इमिरेट्सको सम्बन्ध सदैव सौहाद्र्र रहेको पनि उलने उल्लेख गरे। उनले अढाई लाखभन्दा बढी नेपाली कामदार यूएईमा काम गरिरहेको बताउँदै यहाँको समृद्धिमा तिनको भूमिका रहेको बताए।

यूएई नेपालको तेस्रो ठूलो व्यापारिक साझेदार भएको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले सहकार्यबाट अधिकतम लाभ लिन भने दुवै मुलुक चुकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .