बुटवलमा सवारी चालक अनुमति पत्रको लागि अर्काको नाममा परीक्षा दिने ४ जना पक्राउ परेका छन्।
यातायात व्यवस्था कार्यालय लुम्बिनीले शनिवार लिएको लिखित परीक्षामा सहभागी भएका दुई जना भारतीय र दुई जना नेपालीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ का २२ वर्षीय उदयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र सोही ठाउँका १९ वर्षीय महिप बर्मा रहेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले जानकारी दिए।
पक्राउ परेका ४ जनालाई अदालतबाट म्याद लिइ सार्वजनिक कसुर अन्तर्गत अनुसन्धान भई रहेको उनले बताए।
72
Shares
प्रतिक्रिया