ad ad

समाज


महेन्द्रनगरको होटलमा २१ वर्षीय युवक मृत, आफन्तद्वारा ढुंगामुढा

महेन्द्रनगरको होटलमा २१ वर्षीय युवक मृत, आफन्तद्वारा ढुंगामुढा

गोकुल जोशी
बैशाख २१, २०७९ बुधबार ९:४०, महेन्द्रनगर

कञ्चनपुरको महेन्द्रनगरमा रहेको ‘नाइन इलेभन’ होटलमा एक जना युवक मृत भेटिएका छन्। 

भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार घटनास्थलमा अहिले प्रहरी परिचालन गरिएको छ। ‘अहिले होटललाई सील गरिएको छ, अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मृत्युको कारण खुल्न सकेको छैन ।’

घटना पछि आक्रोशित मृतकका आफन्तहरुले अहिले होटलमा ढुङ्गामुढा गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .