ad ad

समाज


लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

नेपालखबर
मंसिर ११, २०७६ बुधबार ९:२६,

लागुऔषधसहित सिरहा प्रहरीले आज पुनः दुई युवकलाई पक्राउ गरेको छ। प्रहरीचौकी ठडीबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित भगवानपुर गाउँपालिका–५ निवासी २१ वर्षीय मुकेश कुमार र २५ वर्षीय सञ्जयकुमार यादवलाई पक्राउ गरेको हो।

मोटरसाइकलमा आउँदै गरेको अवस्थामा चेकजाँच गर्ने क्रममा डाइलेक्स डिसी १५ बोतल, डाइजेल्याब १८ पिस, प्रेमेथिन हाइड्राइड १८ पिस, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस बरामद भएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

यसअघि प्रहरीचौकी झाझपट्टिबाट खटिएको गस्ती टोलीले मङ्गलबार चेकजाँचको क्रममा लागुऔषध डाइलेक्स डिसी ४६ बोतलसहित जिल्लाको सखुवानन्कारकट्टि गाउँपालिका–१ निवासी २३ वर्षीय रन्धिर यादवलाई पक्राउ गरेको हो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .