ad ad

समाज


मोटरसाइकलले ओभरटेक गरेको निहुँमा युवकको हत्या

मोटरसाइकलले ओभरटेक गरेको निहुँमा युवकको हत्या

गोकुल जोशी
मंसिर १२, २०७६ बिहिबार १२:४४,

कञ्चनपुरको भीमदत्त नगरपालिकामा बिहीवार चक्कु प्रहार गरेर एक जनाको हत्या गरिएको छ।

भीमदत्त नगरपालिका-४ गोबरियामा महाकाली नगरपालिका-३ का दीपक पन्तको चक्कु प्रहार गरि हत्या गरिएको हो।

मोटरसाइकल ओभर टेक गरेको भन्दै युवाहरुको एक समूहले गोबरियामा पन्तमाथी चक्कु प्रहारका साथै हेलमेट लगायतका हतियार प्रहार गरेको थियो।

चक्कु प्रहारबाट घाइते भएका पन्तको उपचारको क्रममा भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी दिनेश आचार्यले बताए।

घटनामा संलग्नको आरोपमा ५ जनालाई नियन्त्रणमा लिइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .