ad ad

समाज


जनकपुरबाट ९० हजार घुससहित इन्सपेक्टर अख्तियारको फन्दामा

जनकपुरबाट ९० हजार घुससहित इन्सपेक्टर अख्तियारको फन्दामा

शैलेन्द्र महतो
मंसिर १३, २०७६ शुक्रबार १२:११,

जनकपुरबाट नेपाल प्रहरीका इन्सपेक्टर ९० हजार रुपैयाँ घुससहित अख्तियारको फन्दामा परेका छन्। विवाहपञ्चमी महोत्सवमा सुरक्षाका लागि जनकपुर आएका प्रहरी निरीक्षक रामकिशोर साह शुक्रबार घुससहित रंगेहात पक्राउ परेका हुन्।

उनी जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत छन्। शुक्रबार दिउँसो सवा ३ बजे जनकपुरको रामानन्दचोक स्थित सीता प्यालेस होटेलबाट उनलाई घुससहित रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ। ठगी मुद्दा सहयोग गरिदिने प्रयोजनमा एकजनासंग ९० हजार रुपैयाँ घुस लिरहेको अवस्थामा अख्तियारको टोलीले इन्सपेक्टर साहलाई पक्राउ गरेको हो।

जनकपुरमा काजमा आएकै मौकाछोपी रकम लिन खोज्दा उनी अख्तियारको फन्दामा परेका हुन् । इन्सपेक्टर साहलाई नियन्त्रणमा राखेर भ्रष्टाचार निवारण ऐन अनुसार मुद्दा चलाउने तयारी गरिहेको अख्तियारले जनाएको छ ।

प्रहरी निरीक्षक साह यसअघि जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत्त थिए । उनलाई यहाँबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सुरुवा भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .