ad ad

समाज


सिरहाबाट ८ बन्दी फरार, खोजी गर्न सीमानाका सिल, १ पक्राउ

सिरहाबाट ८ बन्दी फरार, खोजी गर्न सीमानाका सिल, १ पक्राउ

शैलेन्द्र महतो
मंसिर १४, २०७६ शनिबार १५:५४,

सिरहाको एक इलाका प्रहरी कार्यालयको हिरासतबाट आठ थुनुवा फरार भएका छन्।

लक्ष्मीपुरपतारी गाउँपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका हुन्।

शनिबार कल्याणपुर गाउँपालिकामा उपनिर्वाचन भएको मौका छोपेर खाना खान जानेबेला पछाडिको ढोकाबाट थुनुवा फरार भएको प्रहरीले जनाएको छ । प्रहरीले तत्कालै खोजविन गर्दा एकजना थुनुवालाई पक्राउ गर्न सफल भएको छ।

अहिले भारतसँग सीमावर्ती नाका सिल गरेर बाँकी थुनुवाहरुको खोजविन गरिरहेको सिरहा प्रहरीले जनाएको छ। उनीहरुलाई खोजविन गर्न दर्जनौं प्रहरी सक्रिया भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .