ad ad

समाज


बझाङ प्रहरी भन्छ : शिक्षकले विद्यार्थी कुटेको भाइरल भिडिओ भारतको

बझाङ प्रहरी भन्छ : शिक्षकले विद्यार्थी कुटेको भाइरल भिडिओ भारतको

गोकुल जोशी
असार २१, २०७९ मंगलबार १४:४९, काठमाडौँ

सामाजिक सञ्जालमा ‘बझाङमा शिक्षकले विद्यार्थीलाई कुटेको’ भन्दै छ्याप्प छ्याप्ती भएको भिडिओ बझाङको नरहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालयले उक्त भिडिओ बझाङको नभइ भारतको रहेको बताएको छ। 

‘बालकलाई निर्घात कुट्ने बझाङका शिक्षकलाई तुरुन्त कारबाही गर’ भन्दै मंगलबारदेखि सामाजिक सञ्जाल (फेसबुक) मा शिक्षकले विद्यार्थीलाई कुटिरहेको भिडिओ भाइरल भइरहेको छ। 

जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार आफ्नो आधिकारिक फेसबुक अकाउण्टमा सूचना जारी गर्दै यो भिडिओ भारतको भएकाले भ्रममा नपर्न आग्रह गरेको छ।

उक्त भिडिओ भारतको पटनास्थित एक कोचिङ सेन्टरमा शिक्षकले छात्रलाई गरेको कुटपिट रहेको खुलेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .