ad ad

समाज


सिद्धबाबालाई पुनः सात दिनको म्याद थप

सिद्धबाबालाई पुनः सात दिनको म्याद थप

नेपालखबर
मंसिर २०, २०७६ शुक्रबार १४:५२,

जिल्ला प्रहरी कार्यालय सुनसरीले सिद्धबाबा भनिने कृष्ण गिरीलाई आज दोस्रो पटक म्याद थप गरेको छ। आफ्नै अनुयायीलाई बलात्कार गरेको अरोपमा मङ्सिर ११ गते पक्राउ परेका गिरीलाई जिल्ला अदालत सुनसरीमा दोस्रो पटक म्याद थप गरेर सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए। पहिलो पटकमा गिरीलाई चार दिनको म्याद थप गरेको थियो भने दोस्रो पटक सात दिनको म्याद थप गरेको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए।

पहिलो पटक थप गरेको म्यादभित्र अनुशन्धान पूरा नभएपछि दोस्रो पटक १० दिनको म्याद प्रहरीले माग गरेकोमा जिल्ला अदालत सुनसरीले सात दिनको लागि मात्र म्याद दिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए। विराटनगरको विराट नर्सिङ होममा अस्पतालमा उपचाररत गिरीलाई एम्बुलेन्समार्फत म्याद थपका लागि जिल्ला अदालत सुनसरीमा उपस्थित गराइएको थियो।

पहिलो पटक चार दिनको म्याद सकिएपछि थप अनुसन्धानका लागि पुनः सात दिनको म्याद थप गरिएको सुनसरीका प्रहरी उपरीक्षक पोखरेलले बताए। गत कात्तिक ४ गते गिरीमाथि आफ्नै अनुयायीले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .