अर्घाखाँचीको शितगंगामा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
शितगंगा नगरपालिका वडा नम्बर–८, सातमाराको सुपादेउराली मन्दिरमा बसेर लागुऔषध सेवन गरिरहेका उनीहरु पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा दाङको राप्ती गाउँपालिका –१ का २८ वर्षीय सन्तोष केसी, सोही ठाउँका २४ वर्षीय खुम बहादुर केसी र २२ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी अमर बहादुर थापाले बताए।
उनीहरुको साथबाट लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो गिलो पदार्थ ६० मिली ग्राम, लागुऔषध सेवन गर्दा प्रयोग गरिने ब्लेटको टुक्रा २ थान, सानो प्लेट १ थान र लाइटर १ थान फेला परेको थापाले बताए।
पक्राउ परेका तिनै जनालाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
42
Shares
प्रतिक्रिया