ad ad

समाज


चितवनमा अटो दुर्घटना अपडेट : मृतक ५ मध्ये ४ जनाको सनाखत

चितवनमा अटो दुर्घटना अपडेट : मृतक ५ मध्ये ४ जनाको सनाखत

नेपालखबर
मंसिर २२, २०७६ आइतबार २:५४,

चितवनको राप्ती नगरपालिका-४ मा शनिबार साँझ अटो दुर्घटना हुँदा मृत्यु भएका ५ मध्ये ४ जनाको सनाखत भएको छ।

चितवन प्रहरीका अनुसार पर्वत कुस्मा पिपलटारी स्थायी ठेगना भई चितवन खैरहनी नगरपालिका-८ का ३५ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का विश्वमणि भण्डारी, राप्ती नगरपालिका–९ की मीना खड्का र सोही वडा रसौलीकी माया तमाङको सनाखत भएको हो।

उपचारका क्रममा तिवारी, भण्डारी र खड्काको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेज, शिक्षण अस्पतालमा मृत्यु भएको हो भने। तमाङको भरतपुरकै सरकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी अन्दाजी ४० वर्षकी एक महिलाको भने नाम, थर ठेगाना खुल्न बाँकी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राप्ती नगरपालिका-४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा भण्डरा-मलेखु चेपाङ पहाडी मार्गमा अनियन्त्रित भएर सडकबाट तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

पाँचै शव भरतपुर अस्पतालको शवगृहमा छन् ।

 राप्ती नगरपालिका-४ बाट भण्डराको चौकी डाँडा आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो रिक्सा भण्डरा–मलेखु चेपाङ पहाडी मार्गमा अनियन्त्रित भएर सडकबाट तल खसेकाे हाे। 

तीव्र गतिका कारण अटो सडकबाट खसेर दुर्घटना भएको प्रहरीको अनुमान छ। अटोमा खाना पकाउने समानहरू भेटिएकाले पिकनिक गएर फर्केको टोली दुर्घटनामा परेको अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .