ad ad

समाज


मध्यराति दुई वडा कार्यालयमा आगजनी

मध्यराति दुई वडा कार्यालयमा आगजनी

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ३:३७,

भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–३ च्याङ्ग्रेको वडा कार्यालयमा आगजनी भएको छ।

गएराति अज्ञात समूहले दुबै वडा कार्यालयमा आगजनी गरेको प्रहरीले जनाएको छ।

पौवादुङमा–३ च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्।

रामप्रसादराई–२ को वडा कार्यालय भने आगलागीबाट पूर्णरुपमा नष्ट भएको स्थानीयले बताएका छन्।

घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए।

घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .