ad ad

समाज


मोरङको पथरीमा घाँस काट्ने क्रममा महिला छर्रा लागि घाइते

मोरङको पथरीमा घाँस काट्ने क्रममा महिला छर्रा लागि घाइते

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ८:१३,

मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको जाँते र पथरी सीमा पर्ने जंगलमा घाँस काट्न गएकी एक महिला घाइते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाँस काट्न गएकी सोही स्थानकी ५० वर्षीया तिल कुमारी योगीको छातीमा छर्रा लागेको छ। उनलाई तत्काल उपचारको लागि पथरी अस्पताल लगिएको थियो। सामान्य उपचारपछि उनलाई श्रीमान् तिल कुमार योगीले विराटनगरस्थित नोबेल अस्पताल लगेका छन्। उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

उक्त घटनास्थल इलाका प्रहरी कार्यालय पथरीबाट १२ किमि टाढा छ। अहिले घटनास्थलमा इप्रकाबाट प्रनाउको कमान्डमा प्रहरी टोली गएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .