ad ad

समाज


कतार रंगशाला निर्माण: सयौँ नेपालीसहितको मृत्युबारे छानबिन गर्न लिभरपुलको माग

कतार रंगशाला निर्माण: सयौँ नेपालीसहितको मृत्युबारे छानबिन गर्न लिभरपुलको माग

नेपालखबर
मंसिर २५, २०७६ बुधबार ८:७,

सन् २०२२ को विश्वकप फुटबलका लागि रंगशाला निर्माणमा खटिएका सयाैं नेपालसहित विभिन्न देशका आप्रवासीको निधन भएको घटनामाथि अनुसन्धान हुनुपर्ने वेलायती फुटबल क्लब लिभरपुलले माग गरेको छ।

आगामी हप्ताको बुधबार क्लब विश्वकप खेल्न लिभरपुल कतार जाँदैछ। दि गार्डियनका अनुसार त्यसअघि लिभरपुलका प्रमुख कार्यकारी पिटर मुरेले यस घटनाको सत्यतथ्य छानविन हुनुपर्ने बताएका हुन्।Qatar stadiumकतार रंगशाला

कतारमा हुने विश्वकपका लागि रंगशाला निर्माणका क्रममा आप्रवासी कामदारमाथि ज्यादती भएको आरोपहरु लागेका छन्।

मानवअधिकारवादी संस्था फेयर/स्क्वायर ह्युमन राइट्स अर्गनाइजेसनले कतारमा कामदारको पक्षमा वकालत गर्दै आएको छ। यसै संस्थाले रंगशाला निर्माणमा खटेका कामदारमाथि कतारबाट शोषण भएको बताउँदै आवाज उठाउँदै आएको छ। संस्थाले कामदारको मृत्युको कारणबारे अनुसन्धान हुनुपर्ने दबाब दिँदै आएको छ।

पिटर मुरेले यस संस्थाको समर्थन गर्दै कतारसँग प्रश्न गरेका छन्। उनले कामदारको मृत्यु भएको घटना बारेमा प्रश्न गर्दै उनीहरुको अधिकार सुनिश्चितताको प्रतिबद्धता खोजेको सो पत्रिकाले जनाएको छ।

फेयर÷स्क्वायर ह्युमन राइट्स अर्गनाइजेसनले एक पत्रमार्फत् लिभरपुल फुटबल क्लबलाई यस मुद्दामा साथ दिन भनेका थियो। मुरेले उक्त संस्थाका निर्देशक निकोलास मकगिहान र जेम्स लिन्चलाई आफू सो संस्थाले उठाएको मुद्दाको साथमा रहेको बताएका हुन्।

कतार विश्वकपको रंगशाला निर्माणमा खटेका आप्रवासी कामदारले चर्को घाममा काम गर्नुपर्दा उनीहरुको हृदयघात लगायतका कारण मृत्यु हुने गरेको गत जुलाईमा प्रकाशित एक प्रतिवेदनमा बताइएको थियो।

संस्थाका निदेर्शक मकगिहान र लिच्ले यसैवर्षको जुलाईमा मृत्यु भएका नेपालका २४ वर्षीय रुपचन्द्र रुम्बाको घटनामा जोड दिँदै भनेको छन्, ‘जुन मैदानमा रुम्बा स्क्याफोल्डरको रुपमा काम गर्थे त्यही इडुकेसन सिटी स्टेडियममा लिभरपुल फुटबल क्लबले फुटबल खेल्नुपर्ने थियो।’

कतारले स्वासप्रस्वामा आएको खराबीका कारण रुम्बाको निधन भएको बताएको थियो।

केही समयअघि जर्मन ब्रोडकास्टर डब्लूडीआरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २००९ देखि २०१९ सम्ममा नेपालको मात्र १२ सय २६ कामदार रंगशाला निर्माणका क्रममा मरेका छन्।

लिभरपुलका प्रमुख कार्यकारी मुरेले भनेका छन्, ‘हामी कामदारमाथि निष्पक्ष व्यवहार होस्, उनीहरुलाई आदर गरियोस् भन्ने चाहन्छौं। हामी दासताविरुद्धको नीतिलाई सम्मान गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .