भारतको उत्तर प्रदेशस्थित बाराबंकी जिल्लामा रोकिरहेको बसमा एक ट्रकले ठक्कर दिँदा कम्तीमा चार नेपालीको मृत्यु भएको छ।
शनिबार बिहान भएको उक्त दुर्घटनामा परी थप २४ जना घाइते भएका छन्।
प्रहरीले दिएको जानकारीअनुसार ६० नेपाली कामदार बोकेको बस गोवातर्फ गइरहेको समयमा रामनगर प्रहरी स्टेसननजिकै महंगुपुर गाउँमा ट्रकले ठक्कर दिएको हो।
एउटा टायर पंक्चर भएपछि सडकको साइडमा रोकिराखेको बसलाई ट्रकले पछाडिबाट ठक्कर दिएको हो।
बाराबंकीका प्रहरी सहायक सुपरीटेन्डेन्ट पूर्णेन्दु सिंहका अनुसार मृत्यु हुनेमा प्रेम थारु, शीतल थारु, चक्र बहादुर रहेका छन् भने एक जनाको पहिचान खुल्न बाँकी छ।
प्रहरीका अनुसार अहिले मृतकको शव पोस्ट मार्टमका लागि पठाइएको छ र घटनाबारे थप अनुसन्धान चलिरहेको छ।
291
Shares
प्रतिक्रिया