ad ad

समाज


पोखराको व्यस्त तरकारी बजारमा शंंकाष्पद बस्तु फेला

पोखराको व्यस्त तरकारी बजारमा शंंकाष्पद बस्तु फेला

वाशुदेव मिश्र
असार ९, २०७६ सोमबार १३:४५,

पोखराको व्यस्त क्षेत्र सिद्धार्थचोकमा रहेको तरकारी बजारमा शंकाष्पद बस्तु फेला परेको छ।

पहेँलो मसीले ‘टाइम बमजडित डिटोनेटर अटोमेटिक बम, बन्द सफल पारौँ’ लेखिएको पर्चा पनि तरकारी बजारमा भेटिएको छ। निलो पाइपमा बाहिरबाट घडी जोडिएको सो बस्तु बम हो कि होइन भन्ने निक्र्योल भएको छैन।

यतिबेला घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ। सेनाको डिस्पोजल टोली शंकाष्पद बस्तु डिस्पोजलको प्रकृयामा रहेको कास्की प्रहरीका डिएसपी राजकुमार केसीले जानकारी दिए। उनका अनुसार ब्यस्त बजारमा शंकाष्पद बस्तु भेटिएपछि अहिले पोखराको सुरक्षा व्यवस्था कडा पारिएको छ।

नगर क्षेत्रमा प्रहरी परिचालन ब्यापक बनाइएको छ। विप्लव माओवादीले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा व्यस्त बजार क्षेत्रमै शंकास्पद बस्तु भेटिए पनि विप्लव माओवादीका कुनै कार्यकर्ता भने पक्राउ नपरेको उनले जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .