बागमती प्रदेशभित्र अब नेपालीपछि तामाङ पनि सरकारी कामकाजको भाषा हुने भएको छ।
बागमती प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बताए।
उनका अनुसार मन्त्रिपरिषदको बैठकले बागमती प्रदेशभित्र नेपालीसँगै तामाङ भाषालाई कामगाजको भाषा बनाउने प्रकृया अगाडि बढाउने निर्णय भएको हो।
बागमती प्रदेशमा नेपालीका अलवा तामाङ, नेवारी, चेपाङ, मगर र गुरुङभाषीको बसोबास छ।
प्रदेशको रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा तामाङ समुदायको बाक्लो बसोबास छ।
135
Shares
प्रतिक्रिया