ad ad

समाज


आज र भोलि व्यापक वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

आज र भोलि व्यापक वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

फाइल तस्बिर


नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार ६:४१, काठमाडौँ

आज (शुक्रबार) र भोलि (शनिबार) देशभर व्यापक वर्षा हुने मौसमविद्ले बताएका छन्। 

वर्षा बढेसँगै बाढी, पहिरो तथा डुबानको जोखिम पनि हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय क्षेत्र नेपालतर्फ सर्दै जाने क्रममा नेपालको पश्चिमी क्षेत्रनजिक आइपुग्ने र सँगै मनसुन न्यून चापीय रेखा पनि बिस्तारै नेपालको तराई नजिक आइपुग्ने हुनाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय भएको हो। मनसुन सक्रिय हुनु भनेको वर्षाको मात्रा बढ्नु हो। 

मौसमविद् हीरा भट्टराईका अनुसार अहिले (शुक्रबार बिहान ६ः२५ बजे) गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर सामान्यतया देखि पूर्णतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। 

यसैगरी राति पनि देशभर सामान्यतयादेखि पूर्णतया बदली रहनेछ। लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

काठमाडौं उपत्यकामा?
देशभरसँगै काठमाडौं उपत्यकामा पनि आज दिनभर मौसम बदली हुने भएकाले घाम लाग्ने सम्भावना नरहेको मौसमविद् भट्टराईले बताए। 
‘काठमाडौं उपत्यकामा दिउँसो हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ’, उनले भने। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र सोको कारणले पहाडी तथा भिरालो जमिनमा  भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम, सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

‘विशेषगरी आज र भोलि निकै वर्षा हुने सम्भावना देखिएको छ’, मौसमविद् भट्टराईले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘त्यसैले बाढी, पहिरोबाट बच्न सतर्कता अपनाउनुपर्ने देखिन्छ।’

मौसमविद् भट्टराईका अनुसार २४ घण्टामा ५० मिलिमिटर भन्दा माथि वर्षा भयाे भने भारी र सय मिलिमिटरभन्दा माथि वर्षा भयाे भने धेरै भारी वर्षा भनिन्छ। 

याे पनि मनसुन थप सक्रिय हुने, धेरै ठूलो वर्षाको सम्भावना (विशेष बुलेटिनसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .