ad ad

समाज


धनुषामा शक्तिशाली बम विस्फोट, २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते

धनुषामा शक्तिशाली बम विस्फोट, २ काे मृत्यु, इन्स्पेक्टरसहित ४ गम्भीर घाइते

शैलेन्द्र महतो
मंसिर २८, २०७६ शनिबार ०:५७,

धनुषामा मध्यराति शक्तिशाली बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित ४ जना गम्भीर घाइते भएका छन्।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फाेटमा स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो।

शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फाेट भएको हो। बम हो वा होइन भनी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टाेली पुग्नेबित्तिकै विस्फोट भएको हाे। 

विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो,  मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन्। जनकपुर प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई धरान लगिएको छ।

received 442704919743294

घटनामा अन्य २ जना सामान्य घाइते भएको बताइएको छ।

घरमुली साह मोटो रकम ऋण लगानी गर्ने साहु भएका कारण कसैले उनीहरुकाे हत्या गर्नकै लागि राखेकाे बम विस्फोट भएको हुन सक्ने स्थानीयको अनुमान छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे प्रहरीले अनुसन्धान तीव्र पारेकाे छ। 

घटनास्थल इलाका प्रहरी कार्यालयबाट ३-४ सय मिटरको दूरीमा पर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .