ad ad

समाज


देशभर वर्षकै ठूलो हिउँदे वर्षा, काठमाडौंमा कति पर्‍याे पानी?

देशभर वर्षकै ठूलो हिउँदे वर्षा, काठमाडौंमा कति पर्‍याे पानी?

नेपालखबर
मंसिर २८, २०७६ शनिबार २:४,

पश्चिमी वायुका कारण लगभग देशभर यस वर्षकै ठूलाे हिउँदे वर्षा भएको छ। काठमाडौं उपत्यकामा २४ घण्टा पानी परेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार काठमाडौंमा गएको २४ घण्टामा ३२.५ मिलिमिटर वर्षा भएको छ। यो भनेको मध्यम वर्षा हो।

काठमाडौं उपत्यकामा शुक्रबार बिहान ६ बजेदेखि पर्न थालेको पानी शनिबार बिहान ६ बजेतिर मात्रै थामिएको छ। अब बिस्तारै मौसम खुल्दै जाने मौसमविद् प्रधानांगको अनुमान छ।

पश्चिमी वायुको न्यूनचापीय प्रणालीको प्रभावले लगभग देशभर वर्षा भएको मौसमविद् प्रधनांगले जानकारी दिए। खासगरी पश्चिम क्षेत्रमा वर्षा बढी भएको उनको अनुमान छ। सबै ठाउँको वर्षाको रेकर्ड पौने ९ बजे मात्र प्राप्त हुने मौसमविद् प्रधानांगले शनिबार बिहान साढे ७ बजे बताए।

करिब करिब देशभर नै मध्यम वर्षा भएको उनको अनुमान छ। यो हिउँदे वर्षाले बालीनालीलाई राम्रो फाइदा पुर्‍याउने उनकाे भनाइ ५। 

उनका अनुसार यो यस वर्षकै ठूलो हिउँदे वर्षा हो।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको बुलेटिनमा हल्का वर्षा मात्रै हुने अनुमान गरिएकाे थियो तर मौसमविद्ले अनुमान गरेभन्दा बढी अर्थात् मध्यम वर्षा भएको हो।

यस्तै भारी हिमपातका कारण हिमाली जिल्लाको जनजीवन कष्टकर भएको छ। देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीम्म हिमपात भएको मौसमविद्ले बताएका छन्। विशेषगरी पश्चिमी क्षेत्रका हिमाली जिल्लामा भारी हिमपात भएको छ।

आजदेखि भने पश्चिमी वायुको प्रभाव बिस्तारै घट्दै जाने मौसमविद् प्रधानांगको अनुमान छ।

आज मध्य तथा पश्चिम क्षेत्र बिस्तारै खुल्दै जाने उनको भनाइ छ। तर छिटफुट र वर्षा उच्च पहाडी तथा हिमाली भेगमा मध्यमसम्म हिमपात हुने सम्भावना छ।

पूर्वी क्षेत्रमा भने माैसम खुल्ने सम्भावना नरहेकाे माैसमविद्ले बताएका छन्।  

बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट प्रवेश गरेको यो वायु पूर्वतिर सर्ने क्रममा छ। पश्चिमबाट प्रवेश गर्ने यो वायु पूर्वबाट बाहिरिने गर्छ।

आज कस्तो रहला मौसम?
महाशाखाले आज (शनिबार) बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार आज दिउँसो देशका मध्य र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भूभागमा सामान्य बदली रहनेछ।

देशका मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ। साथै उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .