गृहसचिव विनोद प्रकाश सिंहले असोज १२ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक पुगेर सशस्त्र प्रहरी बलका जवानहरुलाई निर्देशन दिएका छन्।
गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट र भर्चुअल माध्यम मार्फत बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुबाट देशको समग्र शान्ति सुरक्षा व्यवस्थापनमा भए गरेका काम कारवाही र संगठनका समस्या र चूनौतीबारे जानकारी पनि लिए।
उनले सशस्त्र प्रहरी बल नेपालले सीमित श्रोत साधनको बावजुत कठिन परिस्थिति र स्थानमा समेत सीमा रक्षार्थ तैनाथ रहेको बताए।
प्रतिकुल अवस्थामा रहेका बीओपीहरुको सुधारको लागि समयानुकुल बन्दोबस्ती व्यवस्थापनमा गृह मन्त्रालयले पहल गरिरहेको पनि उनले बताए।
गृहसचिव सिंहले आगामी निर्वाचनलाई भयरहित र शान्तिपूर्ण गराउन सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहने बताए।
उनले निर्वाचनलाई शान्तिपूर्ण गराउन सशस्त्र प्रहरी बल नेपालका बाहिनीपति तथा युनिटपतिहरुले आफू मातहतकालाई उचित ढंगले परिचालन गरी कार्यसम्पादन गर्न निर्देशन दिए।
सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कायमा गर्न सक्षमता, निपूर्णता तथा तदरुकताका साथ कार्य गर्ने उनले विश्वास लिए।
उनले सीमा सुरक्षामा काठिन परिस्थितिका बावजुद परिचालित कर्मचारीहरुप्रति उच्च सम्मान प्रकट गरे।
गृहसचिव सिंहले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै जस्तोसुकै कठिन परिस्थितिमा समेत सहजताका साथ दायित्व निर्वाह गर्दै आईरहेको उल्लेख गर्दै गृह मन्त्रालयले सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासको लागि प्राथमिकताका साथ कार्य गरिहेको बताए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापन गर्नुहुँदै गृहसचिव सिंहबाट भएको निर्देशनलाई अक्षरश: पालना गरी ईमान्दारितापूर्वक जम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी बलका जवानहरुलाई निर्देशन दिए।
सशस्त्र प्रहरी बल नेपालले राज्य प्रदत्त जिम्मेवारीहरुलाई सदैव शीरमा राखेर उच्च नैतिकता, इमान्दारिता र अनुशासनका साथ अहोरात्र परिचालित भई राष्ट्र र आम नागरिकको सेवा सुरक्षा, विपद् व्यवस्थापन तथा उद्धार लगायतका विविध जिम्मेवारीहरुमा परिणाममुखी कार्यसम्पादनमा क्रियाशील रहिरहनु पर्ने उनले बताए।
Shares
प्रतिक्रिया