सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्याबारे छानबिन गर्न हेडक्वार्टर हलचोकले तीन सदस्यीय छानबिन समिति बनाएको छ।
प्रहरीले बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादवको हत्यामा संगठनभित्रकै व्यक्तिहरु संलग्न भएको पाइएपछि समिति बनाइएको हो।
सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमको संयोजकत्वमा छानबिन समिति बनाइएको हलचोक स्रोतले जानकारी दिएको छ।
यो प्रकरणमा संलग्नता देखिएको भन्दै सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई पक्राउ गरिएको छ। जवान खत्री पनि यादवसँगै त्यही बीओपीमा कार्यरत थिए।
बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत असई यादव नेपाल-भारत सीमाभन्दा ३ किलोमिटर भारततर्फ असोज २० गते मृत फेला परेका थिए।
यस्तै घटनापछि सशस्त्र प्रहरी प्रधान कार्यालयले राजविराजस्थित सशस्त्र प्रहरी गण नम्बर ६ का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रदीप खड्कालाई हेडक्वार्टर तानेको छ।
Shares
प्रतिक्रिया