ad ad

समाज


बढ्दै चिसो, काठमाडौंको तापक्रम कति?

वर्षाको सम्भावना छ कि छैन?
बढ्दै चिसो, काठमाडौंको तापक्रम कति?

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार ६:५९, काठमाडौँ

दिनप्रतिदिन चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। 

मौसमविद् बिनु महर्जनका अनुसार अहिले बिहान–बिहान तापक्रम (न्यूनतम) घट्ने र चिसो बढ्ने भइरहेको छ। 

दिउँसो भने घाम लाग्ने भएकाले अधिकतम तापक्रम खासै नघटेको मौसमविद्को भनाइ छ। 

मौसमविद् महर्जनका अनुसार आज बिहान काठडमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस छ। हिजो बुधबार भने काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.० डिग्री र अधिकतम तापक्रम २४.५ डिग्री सेल्सियस थियो। 

अन्य स्टेसनको आजको न्यूनतम तापक्रमको विवरण आउन बाँकी छ। 

बुधबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा १.५ डिग्री सेल्सियस छ भने सबैभन्दा धेरै न्यूनतम तापक्रम २१.४ डिग्री सेल्सियस मापन गरिएको छ।   

हाल देशको पश्चिमी भेगमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले (बिहीबार बिहान) देशको पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली छ। 

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा  हल्का वर्षाको सम्भावना छ। 

यस्तै राति देशको पहाडी भेगका आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .