हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। अहिले (आइतबार बिहान) सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी क्षेत्र र प्रदेश १ को तराई भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।
यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
तापक्रम घट्दै, चिसो बढ्दै
महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार अहिले दिनप्रतिदिन तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ।
आज बिहान ६ बजेको मापनअनुसार काठमाडौं उपत्यकाको तापक्रम १२ डिग्री सेल्सियस छ। अन्य स्टेसनको तापक्रमको विवरण भने अहिले आइसकेको छैन।
Shares
प्रतिक्रिया